निषेधाज्ञाका क्रममा अड्किएका विदेशी नागरिकको उद्धार गर्दै पर्यटन बोर्ड
रासस
जेष्ठ ६, २०७८ बिहीबार
नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ । विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरी बोर्डले मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरूप नेपाल आउने भारतीय यात्रुहरूको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजिकरण गरिरहेको...