अक्सिजन प्लान्ट र एचडियुका लागि रु.१७ करोड ८७ लाख निकासा
रासस
जेष्ठ ७, २०७८ शुक्रबार
सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रु ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताल रु एक करोड ५५ लाख, जिरी अस्पताल रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख, बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।
यसैगरी डोटी अस्पतालक रु...