लुम्बिनी प्रदेशमा बढी संक्रमित, एकै दिन ३७७ जना कोरोना संक्रमित थपिए
गोरखापत्र अनलाइन
आश्विन ३०, २०७७ शुक्रबार
लुम्बिनी प्रदेशमा शुक्रबार अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् ।
सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार यो प्रदेशमा एकै दिन ३७७ जना कोरोना संक्रमीत थपिएका छन् । त्यसमध्ये २५६ जना पुरुष र १२१ जना महिला छन् ।
यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो । डा.पौडेलले यो अहिलेसम्मकै बढी र कहालीलाग्दो भएको बताउनुभयो ।
शुक्रबारसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार...