सालको पात बन्यो सहारा: ७० वर्षिया दवाडी भन्नुहुन्छ- 'मागेर खान र उपचार गर्न नपरोस्'
गोरखापत्र अनलाइन
आश्विन २९, २०७७ बिहीबार
दमौलीको कालिका जङ्गल पार्क जाने बाटोमा शरीर स्फूर्त राख्नको लागि ओहोरदोहोर गर्नेको बाक्लो उपस्थिति हुन्छ । त्यही भीडमा झिसमिसे उज्यालोमा नै एक बृद्धा दिनहुँ लौरी टेक्दै उकाली चढ्नु हुन्छ । अन्य शरिर निरोगी राख्न दौडिने, हिड्ने गरेपनि ७० बर्षिया नन्दकुमारी दवाडीको भने बेग्लै कथा छ ।
दवाडी जीवन निर्वाहको लागि सालको पात टिप्न उकाली र ओराली गर्नुहुन्छ । दिनहुँ जङ्गलमा पुगेर सालको पात टिप्ने र दमौली बजारमा बेचेर नुन...