सुशीलाको 'सुसेलीज' कलेक्सन जहाँ थारू 'कल्चर' झल्किन्छ
सनम महर्जन
पुष ३, २०७८ शनिबार
नेपाली समाजमा आफूभन्दा सानालाई छुट्टै नामबाट बोलोउने गरिन्छ। जस्तै, बहिनीलाई काली, भुन्टी जस्ता उपनामले बोलाउने चलन छ।
कैलालीकी सुशीला चौधरीलाई पनि गाउँघरमा आफ्न्तले मायाले सानैदेखि सुसेली भनेर बोलाउने गर्थे । सुसेलीको अर्थ सरल, मिठो, मायालु वा सुशील हो ।