उदाहरणीय काम: क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७७ मंगलवार
क्वारेन्टाइनमा बसेकाहलाई घर फर्किदा कुनै मानसिक चिन्ता नपरोस् भन्ने उद्धेश्यले पालिकाले मनोपरामर्श कक्षा सुरु गरेको छ । धादिङ जिल्लाको उत्तरवर्ती खनियाबास गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ सय ८० जनामध्ये १ सय ५४ जना घर फर्किएका छन् । घर फर्किनुअघि उनीहरुलाई मनोपरामर्श कक्षामा समावेश गराइएको थियो ।
महिना दिनसम्म लकडाउन र त्यसपछि गाउँकै क्वारेन्टाइनमा रहनु परेकाले स्थानीयलाई कुनै मनोसामाजिक समस्या नहोस्...