काठमाडौँ उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७७ बिहीबार
काठमाडौं उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामध्ये काठमाडाैँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।