कोभिड–१९ बाट बच्न सावधानीबाहेक अरु विकल्प छैनः स्वास्थ्यमन्त्री ढकाल
गोरखापत्र अनलाइन ,
भाद्र १७, २०७७ बुधबार
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरूद्ध खोप तथा औषधिको विकास नभैसकेकाले यसबाट बच्न सावधानीबाहेक अरू विकल्प नभएको बताउनुभएको छ । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारकाको काम थप प्रभावकारी बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।