बाह्र जिल्लामा सङ्क्रमण समुदायस्तरमा, संयमित भए मात्र नियन्त्रण
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७७ मंगलवार
पालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौं उपत्यका समेत पर्ने वागमती प्रदेशको काठमाडौं र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश १ का मोरङ् र सुनसरी तथा प्रदेश ५ को रुपन्देहीमा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको हो ।