कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छः विश्व स्वास्थ्य सङ्गठन प्रमुख
गोरखापत्र अनलाइन ,
भाद्र ६, २०७७ शनिबार
डा.गेब्रेससले भन्नुभयो, “प्रबिधि विकासले भाइरसको अन्त्य छोटो अवधिमा हुन टेवा पुर्याउनेछ ।” “यथार्थमा सम्पर्क सञ्जालले भाइरस फैल्ने सम्भावना पनि बढेको छ ।”– विश्व स्वास्थ्य संगठनका प्रमुख डा. गेब्रेससले उल्लेख गर्नुभयो । उहाँले यसै अवधिमा हामीकहाँ भाइरसको सङ्क्रमण रोक्ने प्रविधि पनि उपलब्ध छन्, भाइरस विरुद्ध लड्न राष्ट्रिय एकता र विश्वब्यापी ऐक्यबद्धतामाथि जोड दिनुभयो ।