बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज
इश्वरचन्द्र झा
भाद्र ३, २०७७ बुधबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि मन्त्रालयले यसप्रकारको व्यवस्था गर्न लागेको हो । मन्त्रालयले यसअघि मेडिकल कलेज र प्रतिष्ठानलाई कम्तिमा एक तिहाइ शैया कोभिड–१९ सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना नभएको...