एक जना सङ्क्रमित फेला पार्न एक लाख चार हजार रुपियाँ खर्च
इश्वरचन्द्र झा
भाद्र ५, २०७७ शुक्रबार
नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाखभन्दा बढी रुपियाँ खर्च गर्नुपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न सरकारले एक लाख चार हजार ६३० रुपियाँ खर्च भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को परीक्षणमा मात्रै हालसम्म नेपाल सरकारले तीन अर्ब १४ करोड ९४ लाख रुपियाँ खर्चेको जानकारी दिनुभयो ।