काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने
गोरखापत्र अनलाइन ,
भाद्र ४, २०७७ बिहीबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरी समन्वय समिति गठन गर्ने भएका छ । सो समितिको संयोजकका रुपमा निजामती सेवाका ११ औं तहको पदाधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट तोकिने छ ।