दश दिनमा ४५० थपिए, नाकामा कडाइ आवश्यक
गोरखापत्र अनलाइन ,
श्रावण २२, २०७७ बिहीबार
“काठमाडौंमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपील गर्दछ ।” – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । काठमाडौंमा दैनिक सङ्क्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपील गर्नु अनौठो...