काठमाडौँ उपत्यकामा चौबीस घण्टामा ६२ सङ्क्रमित
गोरखापत्र अनलाइन ,
श्रावण २०, २०७७ मंगलवार
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना गरी उपत्यकामा ६२ जना सङ्क्रमितको पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । काठमाडौंमा पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाको करिब १४ वटा अस्पताल तथा प्रयोगशालामा कोरोना सङ्क्रमणको परीक्षण हुँदै आएको छ ।