स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
श्रावण २०, २०७७ मंगलवार
कैलालीको कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे कोरोना भाइरसबाट सङ्क्रमित हुनु भएको छ ।
वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत एक/एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई मङ्गलबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । विद्यालयको क्वारेन्टाइनमा कार्यरत ल्याबको काम गर्ने स्वास्थ्यकर्मी, विद्यालयको चौकीदार...