सुनसरीमा अर्का सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि, जोखिम बढ्दै
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
मोरगंमा कार्यरत एक प्रहरी हबल्दार सुनसरीकै भएर घर आएको र कोरोना पुष्टी भएको घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत अर्का एक प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।
प्रहरी कार्यालय हाता भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष प्रहरी सङ्क्रमित पाइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना सङ्क्रमणको पुष्टि गरेको छ ।