एम्बुलेन्स चालक र क्वारेन्टाइनमा खटिएका पाँच स्वास्थ्यकर्मी पनि सङ्क्रमित
गोरखापत्र अनलाइन ,
जेष्ठ ३२, २०७७ आईतवार
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म पुर्याउने, क्वारेन्टाइनसम्म स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मीलाई ओसार्ने एम्बुलेन्सका चालकलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । त्यति मात्र नभई पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना रहेको पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नं. १ का ३५ वर्षीय एम्बुलेन्सका चालककाे आइतबार वीरगञ्जको नारायणी...