स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।
कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४
स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच
कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म पिसिआर र आरडिटी गरी ७६ हजार ३ सय ५५ जनाको कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७ हजार ८ सय जनाको पिसिआर र ५८ हजार ५ सय ४६ जनाको आरडिटीबाट परीक्षण...
भारतबाटै लुकिछिपी आएका थिए कपिलवस्तुका दश सङ्क्रमित
कारोना सङ्क्रमित थपिँदै गएको कपिलवस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भित्रिएको बताउनुभयो ।
कोशी अस्पतालबाट दुई सङ्क्रमित निको भई डिस्चार्ज
कोरोना सङ्क्रमण भई विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत दुईजना सङ्क्रमणमुक्त हुनुभएको छ ।