बिरामीका आफन्तले भने, भाग्यले यस्ताे सरकार र चिकित्सक पायाैँ
गोरखापत्र अनलाइन ,
बैशाख २६, २०७७ शुक्रबार
आफन्तले कोरोना संक्रमण परास्त गरेको खबर सुनेपछि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आएका छरछिमेक र घरपरिवारका सदस्यले शुक्रबार आफ्नो खुशी थेग्न सकेनन् ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेकै बखत कोरोना संक्रमित हुनुभएका विराटनगर–१७ का ७२ वर्षीय आइनो मियाँ र ६० वर्षीय इजरायल मियाँसहित ८ जना डिस्चार्ज हुनु भएपछि आफन्त र छरछिमेकमा खुशी छाएको हो । त्यसअघि गत बुधबार ६ जनालाई कोरोना भाईरसमुक्त...