ट्रेसिङका लागि छुट्टै टोली
गोरखापत्र अनलाइन ,
बैशाख १३, २०७७ शनिबार
सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ । कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी, पारामेडिक्स, नर्स गरी तीन जनाको टोली बनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँचवटा टिम...