बागलुङमा उपचाररत युवतीको पाँचौ रिपोर्ट नेगेटिभ अएपछि खुशीः निको हुनेमा ढुक्क
गोरखापत्र अनलाइन ,
बैशाख ११, २०७७ बिहीबार
बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौ पटकमा परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आउनुभएको थियो । चैत १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइशोलेशन वार्डमा उहाँ उपचाररत हुनुहुन्छ ।