स्क्रब टाइफस लागेपछि समयमै उपचार गर्नुपर्ने
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
काठमाडौँ उपत्यकालगायत देशका ६५ जिल्लामा यतिखेर स्क्रब टाइफस फैलिएको छ । मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भइसकेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वैशाखयता ४० जना बिरामीमा स्क्रब टाइफस देखिएको थियो । गम्भीर भई भर्ना भएका उनीहरूको उपचारपछि डिस्चार्ज गरिसकिएको छ । अहिले सरुवा रोग अस्पतालमा तीन जना मात्र भर्ना भई
उपचाररत छन् ।