कामपाले शुरु ग¥यो खसीबोकाको परीक्षण
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले कलङ्कीस्थित खसी बजार पुगेर रङ लगाउन शुरु गरेको हो ।