गाउँपालिकाले थाल्यो गर्भवतीको स्वास्थ्य परीक्षण
गोरखापत्र अनलाइन
माघ २६, २०७८ बुधबार
हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण गरेको छ । संघीय सरकारको ससर्त बजेट रहेको ग्रामीण ‘अल्ट्रासाउण्ड’ कार्यक्रम अन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिनेगरी पहिलो चरणमा गाउँपालिका –१, कुहुँबाट यो अभियान सुरु गरिएको हो ।