विष र करेन्टले माछा मारियाे माझीको जालमा पर्नै छाडे
गोरखापत्र अनलाइन ,
मंसिर १२, २०७६ बिहीबार
झापामा माझीहरूको परम्परागत पेशा संकटमा पर्दै गएको छ । माछाको प्रमुख स्राे खोलानालामा बिषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने प्रवृतिका कारण आफूहररूको पेशा नै संकटमा परेको माझीहरूको भनाइ छ । झापाको गौरीगन्ज गाँउपालिका र झापा गाँउपालिकाका माझीहरु जिबिकोपार्जनको पुख्र्यौली पेशाको रुपमा माछा मार्ने पेशालाइ अहिले पनि अंगाल्दै आएकाछन् ।