छारेको झोलुङ्गे पुल, प्वाल ढुङ्गाले छोपेर आउजाउ
गोरखापत्र अनलाइन ,
मंसिर ९, २०७६ सोमबार
खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ र दुईको सिमानामा पर्ने कर्णाली नदीमाथि निर्माण गरिएको छारेको झोलुङ्गे पुल जिर्ण भएपछि पुलमा परेका प्वाललाई ढुङ्गाले छोपेर यात्रु तथा पशुवस्तु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।
मर्मत तथा नवनिर्माणको प्रतीक्षामा रहेको उक्त पुलमा तर्नुको अन्य विकल्प नभए पछि बाध्य भएर पैदल यात्रुहरुले आउजाउ गर्नु परेको हो ।