logo
२०८१ मंसिर ९ आईतवार



भालुको आक्रमणमा शिक्षिका घाइते

प्रदेश |


भालुको आक्रमणमा शिक्षिका घाइते


ओखलढुंगा, मंङसिर १३ गते । ओखलढुंगामा भालुको आक्रमणमा परी एक शिक्षिका गम्भिर घाइते हुुनु भएको छ । घाइते हुनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्वर ५ बर्णालुकी वर्ष ३७ की मिछोकी शेर्पा हुनुहुन्छ । उहाँ चिशंखुगढी गाउँपालिकाको कालिका माध्यामिक विद्यालयको शिक्षिका हुनुहुन्छ ।

आफ्नै घर वर्णालुको सानीटारवाट चिशंखुगढी गाउँपालिका वडा नम्वर ७ माम्खामा रहेको कालिका आधारभूत विद्यालय सोलाघर जाँदै गरेको शिक्षिका शेर्पालाई भालुले बाटोमा आक्रमण गरि घाइते बनाएको स्थानीय फुरग्याजे शेर्पाले जानकारी दिनुभयो । भालुको आक्रमणमा परि घाइते शिक्षिका शेर्पाको टाउको र छातिमा गहिरो चोट लागेको छ ।

स्थानीयले शिक्षिकाको उद्धार गरि चिशंखुगढी गाउँपालिका वडा नम्वर ७ माम्खाको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घाइते शेर्पालाई जिल्ला सदरमुकाम स्थित सामुदायीक अस्पतालमा आकस्मिक कक्षमा राखेर उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै, ओखलढुंगामा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ । बुधबार राती चिशंखुगढी गाउँपालिका वडा नं. ८ जुकेपानी भन्ने स्थानका चतुर्भुज राईको श्रीमती वर्ष ४८ की अञ्जु राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मृतक राई सिद्धिचरण नगरपालिका वडा नं. ५ बर्णालुमा आफन्तको घरबाट फर्कने क्रममा चिशंखुगढी गाउँपालिका वडा नं. ७ को धनमुडा भन्ने भिरवाट लडि बाटो बाट अन्दाजी २०–२५ मिटर तल मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन बस्नेतको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थल पुगेर लासको मुचुल्का उठाई पोष्ट मार्टम पश्चात लास परिवारको जिम्मा लगाईएको छ । मृतकको शरिरबाट मदिराको गन्ध आई रहेकोले बढि मदिरा सेवनका कारण भिरको बाटोवाट हिड्ने क्रममा राई लडेको हुन सक्ने स्थानीयले आशंका गरेको छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?