logo
२०८१ मंसिर ११ मंगलवार



छारेको झोलुङ्गे पुल, प्वाल ढुङ्गाले छोपेर आउजाउ

प्रदेश |


छारेको झोलुङ्गे पुल, प्वाल ढुङ्गाले छोपेर आउजाउ
कर्णाली नदीमाथि छारेमा बनेको प्वाल परेर ढुङ्गाले छोपेको झोलुङ्गे पुल । तस्बिर - राजन रावत, हुम्ला



हुम्ला समाचारदाता
सिमकोट मंङ्सिर ९ गते । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ र २ को सिमानामा पर्ने कर्णाली नदीमाथि निर्माण गरिएको छारेको झोलुङ्गे पुल जीर्ण भएपछि पुलमा परेका प्वाललाई ढुङ्गाले छोपेर यात्रु तथा पशुवस्तु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

मर्मत तथा नवनिर्माणको प्रतीक्षामा रहेको उक्त पुलमा तर्नुको अन्य विकल्प नभए पछि बाध्य भएर पैदल यात्रुहरुले आउजाउ गर्नु परेको हो ।

जोखिम छ तर के गर्नु अन्य विकल्प नभएपछि दर्जनौं स्थानमा प्वाल परेको झोलुङ्गे पुलमाथि यात्रा गर्नु बाध्यता रहेको खच्चड व्यवसायी कालु सिंहले बताउनुभयो ।

छारेमा कर्णाली नदीमाथि निर्माण भएको उक्त पुल चालीस वर्ष पुरानो हो । काठको फ्ल्याकले छापेको पुलमा धेरै पटक मर्मत गरिए पनि दिगो व्यवस्थापन नहुँदा वर्षेनी रुपमा यो समस्या आउने गरेको छ ।

वर्षमा चार दर्जन पटक सो पुल माथि यात्रा गर्ने सिंहले एक पटक भारी बोकेको खच्चडको खुट्टा प्वालमा छिर्दा खच्चड नै कर्णाली नदीमा परेको बताउनुभयो ।

सो पुलमाथि यात्रा गर्ने खच्चड व्यवसायीले केही न केही समस्या व्यहोर्दै आएका छन् । मानिस र पशुवस्तु एउटै पुलमा यात्रा गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?