मधुसुधन तिमल्सिना
काभ्रे, मङ्सिर ९ गते । जिल्ला प्रहरी कार्यालय काभे्रले नौ लाख ५७ हजार ८७० रुपियाँ सहित २३ जुवाडे पक्राउ गरेको जनाएको छ । धुलिखेल नगरपालिका वडा न ९ का महेश राउतको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख (एसपी) जयराज सापकोटाले जानकारी दिनुभयो ।
सुराकीले दिएको जानकारीका आधारमा एसपी सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले गए राती नगद सहित जुवाडे पक्राउ गरेको हो । काभे्रमा नै अहिले सम्मको ठूलो रकम सहित २३ जुवाडे पक्राउ परेका हुन । अदालतबाट म्याद थप सगैँ पत्रकार सम्मेलन गरेर जुवाडे सहितको नगद सार्वजनिक गर्ने एसपी सापकोटाले जानकारी दिनुभयो ।