जयकृष्ण यादव
इनरुवा, मङ्सिर ७ गते । केहीदिन अघि सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका ५ बसन्तपुरका देवानन्द यादवको घरमा चौपाया चोरी भएकाले यहाँका स्थानीयहरु आफ्नो सुरक्षा आँफै गर्न जाग्राम बस्न थालेका छन् ।
गाउँटोलमा एकपछि अर्को चोरीको घटना बढेकाले स्थानीयहरु गर्मीमा तातो हावाको कारण र अहिले जाडोमा चोरको विगविगीबाट बच्न जाग्राम बस्न वाध्य भएका स्थानीय राहुल यादवले गुनासो गर्नुभयो ।
गाउँमा सीमा प्रहरी चौकीको अगाडीबाट नै घरमा चोरी र चौपाया चोरी समेत बढेकाले गाउलेहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । प्रहरीलाई गाउँमा चोरी भएको सूचना दिदाँ समेत नआउने र सुरक्षाको प्रत्याभुति नदिएकाले स्थानीय आँफै सुरक्षाका लागि जाग्राम बस्न वाध्य भएको चोरी पीडित देवानन्द यादवको भनाई छ ।
घरघरमा पशु चौपाया रहेको र त्यसैबाट आय आर्जन गर्नेहरुको चोरी भएकाले चिन्नित बन्दै रातिको समयमा जाग्राम बस्न थालेका छन् । केहीले दिनमा कामसँगै केही घण्टा सुत्ने र राति जाग्राम बस्ने गरेको स्थानीय एसएन यादवले बताउनुभयो ।
वसन्तपुर भारतीय सिमावर्ती क्षेत्रमा पर्ने र दुई सय मिटर कट्ने वित्तिकै बस्मतिया भारतको भूमि भेटिने भएकाले पशु पालक किसानहरु पशु सुरक्षाका लागि रात्रिकालिन जाग्राम बस्न थालेका हुन् । वर्षमा दर्जनौं चोरी र केही महिनामा आधा दर्जन बढी चोरीको घटना हुँदै आएको क्षेत्र पनि वसन्तपुर बनेको छ ।
सीमा प्रहरी चौकी धरमपुर शिशुवाका प्रहरीले रातीको समयमा तस्कारलाई लाईन दिने गरेको र सो समयलाई चोरहरुले समेत उपयोग गरी पशुचौपाया लाने गरेको स्थानीयको भनाई छ ।
चारीको घटना सीमावर्ती सबै ठाउँमा भए पनि केही वर्षयता हरिनगर गाउँपालिकाको सुनसरी खोला पश्चिम सिसुवा धर्मपुर र घुस्की क्षेत्रमा बढी मात्रामा घरघरमा चौपाया चोरी बढी भएकोे स्थानीय संचारकर्मी सियाराम यादवले जानकारी दिनुभयो । सीमा प्रहरीले भने जनशक्ति कम भए पनि गस्ती गरे पनि पर्याप्त नभएको दावी गरेको छ ।