logo
२०८१ मंसिर ११ मंगलवार



नदीजन्य पदार्थको खुलेआम ओसारपसार

प्रदेश |


नदीजन्य पदार्थको खुलेआम ओसारपसार


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर ७ गते । बाँकेका विभिन्न नदी खोलानालामा नदीजन्य पदार्थको खुलेआम दोहन र ओसारपसार भइरहँदा पनि सरोकारावाला निकायले आँखा चिम्लेको झँै भएको छ ।
गत असोज १ गतेबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको ठेक्का खोलिनुु पर्नेमा ठेक्का नभएको हुँदा विभिन्न बहानामा नदी र खोलाहरूमा खुलेआम दोहन भइरहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेका अनुसार गत आर्थिक वर्षमा खोलिएको टेन्डरको म्याद २०७६ असार १ गते सकिएपछि गाउँपालिकाले स्टक प्रमाणित गर्नुपर्नेमा स्टक प्रमाणित नै नगरी सीधै नदी खोलाबाट ढुङ््गा, गिटी, बालुवा निकाल्ने काम भइरहेको हो ।
न ठेक्का लागेको छ, न त कसैको स्टक नै प्रमाणित भएको छ तर निर्वाध सीधै खोलाबाट धमाधम नदीजन्य पदार्थ झिकेर सबैको नाकै मुनीबाट टिप्पर कुदेका छन् । कसैले रोकतोक गर्न सक्दैन, जिल्ला समन्वय समिति बाँकेका एक कर्मचारीले बताए ।
चालू आर्थिक वर्षका लागि राप्तीसोनारी र डुडुवा गाउँपालिकाले नदीजन्य पदार्थका लागि टेन्डर गरेको भए पनि प्रक्रियामा रहेको जनाइएको छ । गत असारमा नै स्टक प्रमाणित हुनुपर्नेमा कसैले पनि स्टक प्रमाणित नगरेको तथा मिलेमतोमा गैरकानुनी रूपमा सीधै नदीबाट नदीजन्य पदार्थ झिकेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले जिल्ला अनुगमन समितिको बैठक बसेर ठेक्का नलागेको अवस्था र स्टक प्रमाणित नभएको अवस्थामा नदीजन्य पदार्थ नझिक्न निर्देशन गर्दा पनि नटेरेको अवस्था रहेको बताउनुभयो । प्रहरीले भने कडाइ गरिएको जनाउँदै अलिअलि दोहन भए पनि खुला रूपमा दोहन नभएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?