logo
२०८१ मंसिर ११ मंगलवार



पिपरा उपनिर्वाचनमा विरासत जोगाउने र हारको बदला लिनेबीच प्रतिष्पर्धा

प्रदेश |


पिपरा उपनिर्वाचनमा विरासत जोगाउने र हारको बदला लिनेबीच प्रतिष्पर्धा


महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर ६ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा उम्मेदवारहरु मत माग्न वडा वडामा पुग्न थालेपछि चुनाबी माहौल तातिएको छ ।
पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचनमा ११ पार्टीसहित २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्यतः चार पार्टीबीच प्र्रतिष्पर्धा हुने देखिए पनि अरु पनि कम नभएको उक्त गाउँपालिकाका मनोजकुमार मिश्रले जानकारी दिनुभयो ।

पिपरा गाउँपालिकामा मुख्यतः विरासत जोगाउने र विगतमा भएको हारलाई यो पटक जीतमा बदल्नेबीच प्रतिष्पर्धा देखिए पनि अन्य दलहरु पनि प्रतिष्पर्धी छन् । यता, राष्ट्रिय जनता पार्टीबाट निर्वाचित विनोद चौधरीको मृत्युपश्चात् राजपाबाट उम्मेदवार बन्नुभएकी रविता कुमारीलाई विरासत जोगाउनुपर्ने वाध्यता छ भने उता, नेकपाका उम्मेदवार (तत्कालिन समयमा एमाले उम्मेदवार) विक्रम चौधरी हारको बदला लिने दाउमा रहनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएर नेकपा बनिसकेकाले विगतको भन्दा उक्त क्षेत्रमा स्थिति बैग्ले छ । त्यसैगरी, समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादव तथा नेपाली काँग्रेसका उम्मेदवार विजय यादव पनि प्रतिष्पर्धी उम्मेदवारको रुपमा देखिनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य वैद्यनाथ चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल ठाकुरले पनि चारैजनालाई टक्कर दिन सकिने खालका प्रतिष्पर्धी भएको जानकारी दिनुभयो ।
यद्यपि, मौनकालपछि मात्रै चुनावी गणित स्पष्ट हुने पत्रकार चौधरीले बताउनुभयो ।

त्यसैगरी, मटिहानी नगरपालिका वडा नं. ६ मा भइरहेको उपनिर्वाचनमा राजपाका रामबाबु नायक तथा नेकपाका मो. जाकिर अंसारीबीच मुख्य प्रतिष्पर्धा देखिएको छ ।
त्यसैगरी, बलवा नगरपालिकाको वडा नं. २ र ८ मा नेकपा, नेपाली काँग्रेस र समाजवादीबीच मुख्य प्रतिष्पर्धा देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?