logo
२०८१ बैशाख ८ शनिवार



मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका अर्याल र सिद्दिकी विजयी

प्रदेश |


मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका अर्याल र सिद्दिकी विजयी


विजयकुमार साह
ढल्केवर, माघ १२ गते । राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मधेस प्रदेशमा दुई सिटका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ पाँच दलको संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्दिकी विजयी हुनुभएको हो ।
निर्वाचित अर्यालले छ हजार एक सय ५६ र सिद्दिकीले छ हजार छ सय ७८ मतभार प्राप्त गर्नुभयो ।
विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी गठबन्धनबाट महिलातर्फको उम्मेदवार रुपाकुमारी यादवले दुई हजार सात सय ५४ र उसमान अन्सारीले दुई हजार सात सय ६६ मतभार प्राप्त गर्नुभयो ।
यता महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी बिनादेवी साहलाई समेत मत परेको छ । विनालाई ३ सय ६ मतभार परेको हो ।
मधेस प्रदेशमा कूल तीन सय ७२ मध्ये तीन सय ६६ जनाले मतदान गर्नुभएको थियो । जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको बुथ केन्द्रमा कुल तीन ७२ मत रहेको यस प्रदेशमा तीन सय ६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।
प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको उहाँले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यतर्फ दुई र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ चार जना गरी छ जना अनुपस्थित रहेको निर्वाचन अधिकृत प्याकुरेलले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?