logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रयसभा निर्वाचन प्रदेश १ काे मत परिणाम प्राप्त

प्रदेश |


राष्ट्रयसभा निर्वाचन प्रदेश १ काे मत परिणाम प्राप्त


सचिन पोख्रेल
बिराटनगर, माघ १२ गते । राष्ट्रियसभा सदस्यमा खुला तर्फ प्रदेश नं.१ बाट नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित हुनु भएका छ । बुधबार भएको मतदानमा नेकपा एमालेका गुरु बरालले समान मतभार ४४८८ ल्याएपछि भएको गोलाप्रथामा बराललाई पराजित गर्दै गठबन्धन दल अन्तरगत कांग्रेसका उमेदबार बस्नेत निर्वाचित हुनु भएको हो ।
मतगणनाको अन्तिम नतिजा अनुसार बस्नेतले ५० जना प्रदेशसभा सदस्य र ११६ जना स्थानीय तहका जनप्रतिनिधी गरि १६६ जनाबाट ४४८८ मतभार प्राप्त गर्नुभएको छ । त्यसै गरी एमालेका उमेदबार बरालले ३८ जना प्रदेशसभा सदस्य र १४८ जना स्थानीय तहका जनप्रतिनिधी गरि १८६ जनाको ४४८८ मतभार प्राप्त गर्नु भएको थियो ।
दुवै उम्मेदवारले समान मतभार प्राप्त गर्दा भएको गोलाप्रथामा एमाले नेता बराललाई पराजित गर्दै कांग्रेसका बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।
त्यसै गरी, प्रदेश नं। १ बाट अल्पसंख्यकमा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभाको निर्वाचनमा विजयी हुनु भएको छ । गठबन्धन दल अन्तरगतका उमेदबार बन्नु भएका जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ्लाई पराजित गर्दै शेर्पा राष्ट्रियसभा सदस्यमा विजयी भएका हो । शेर्पाले प्रदेशसभा सदस्यहरुको तर्फबाट ४२ र स्थानीय जनप्रतिनिधिको तर्फबाट १५२ जना गरी जम्मा १९४ मतदाताबाट ४७५२ मतभार ल्याउँनु भएको थियो । त्यसै गरी राईले प्रदेशसभा सदस्यहरुबाट ४९ र स्थानीय जनप्रतिनिधिबाट ११३ गरी जम्मा १६२ मतदाताबाट ४ हजार ३८६ मतभार पाउनु भएको थियो ।
त्यस्तै, गठबन्धन दल अन्तरगतका उमेदबार बन्नु भएकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई महिलातर्फ राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । प्राप्त नतिजा अनुसार उहाँले प्रदेशसभा सदस्यहरुको तर्फबाट ५२ र स्थानीय जनप्रतिनिधिको तर्फबाट १२२ जनासहित जम्मा १७४ जनप्रतिनिधिबाट ४ हजार ६९२ मतभार प्राप्त गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालयद्वारा जारी मत परिणाम अनुसार उहाँकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभा सदस्यहरुको ३८ र स्थानीय तहका जनप्रतिनिधीहरुको १४१ सहित १७९ मतदाताबाट ४ हजार ३६२ मतभार प्राप्त गर्नुभएको छ ।
प्रदेश निर्वाचन कार्यालयको अनुसार प्रदेश १ मा ९९ प्रतिशत मत खसेको थियो । ९२ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा ९१ जनाले मतदान गर्नुभएको थियो भने स्थानीय तहका २७२ जना प्रमुख तथा उप्रप्रमुख मध्ये २७० जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?