विवाद मिलेपछि व्यापारिक महत्वको सडक निर्माण सुचारु हुने
गोरखापत्र अनलाइन
चैत्र २९, २०७८ मंगलवार
चङ्खेली गाउँपालिकाको पिप्लाङ नेक्पा, डोङ्मा थिङथिङदेखि चिनीया सिमा क्षेत्र टाँकेसम्मको सडक निर्माण कार्य सुुचारु हुने भएको छ । सोही गाउँपालिकाका वडा नम्बर ४ को पाली र ५ को नेक्पा गाउँवासीको विवादले निर्माण कार्य सुुरु भएको सडक निर्माण कार्य रोकिएको थियो ।