चैत दोस्रो सातापछि गठबन्धनबारे निर्णय हुन्छ : महामन्त्री थापा
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चैतको दोस्रो सातापछि निर्वाचनमा गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ । पार्टीले गाउँ अभियान थालेकाले गाउँबाट प्राप्त जनमतका आधारमा गठवन्धन गरेर निर्वाचनमा जाने या नजाने टुंगो लाग्ने उहाँले बताउनुभयो ।