९१ प्रतिशत क्षयराेगीको सफल उपचार, ४० हजार उपचार बाहिर
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको हो । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका रहेका छन् ।