logo
२०८१ बैशाख ७ शुक्रवार



अनियमिततासम्बन्धी उजुरीका चाङ

प्रदेश |


अनियमिततासम्बन्धी उजुरीका चाङ


दीपकप्रसाद गौतम

वीरगञ्ज, चैत ९ गते । चालू आर्थिक वर्षको आठ महिनामा अनियमिततासम्बन्धी ९१४ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जनाएको छ । वीरगञ्जमा सम्पन्न भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्ला स्तरीय अन्तत्र्रिmया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख अर्जुनकुमार शर्माले अघिल्लो आर्थिक वर्षबाट सरी आएका ४११ वटा मुद्दा र यस आर्थिक वर्षमा परेका ९१४ मुद्दा गरी एक हजार ३२५ मुद्दा पुगेको जानकारी दिनुभयो ।

पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुख/उपप्रमुख, शैक्षिक, स्वास्थ्य, प्रशासनिक, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रमुखहरूको सहभागितामा सम्पन्न अन्तक्र्रियामा सहभागीहरूले राख्नुभएको जिज्ञासालाई आयोग टङ्गाल काठमाडौँका आयुक्त डा. हरि पौडेलले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँका उपसचिव वेदप्रसाद भण्डारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख अर्जुनकुमार शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि छलफल पनि गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ल अधिकारी उमेशकुमार ढकालले हरेक महिनामा एक पटक जिल्लाका कार्यालय प्रमुखहरूको बैठक र दुई दुई महिनामा जिल्लाका हरेक कार्यालयका सूचना अधिकारीहरूको बैठक राखी छलफल गर्ने गरेको बताउनुभएको थियो ।

त्यस्तैगरी शिक्षक सङ्गठनका विनोद मेहता, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पकाहा मैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, पोखरीया नगरपालिका उपप्रमुख सलमा खातुन, जिल्ला समन्वय समिति प्रमुख नेक महम्मद अन्सारीले सरकारले ऐनमा अधिकार दिए पनि व्यवहारमा लागू हुन नसकेको, सरकारी नीतिका कारण भ्रष्टाचार नरोकिएको, भ्रष्टाचारीहरूलाई दण्ड सजाय गराउन नसकिएको गुनासो गर्नुभएको थियो ।

सो कार्यक्रममा पर्साका १४ वटै पालिकामा यस आर्थिक वर्षको आठ महिनामा १४९ वटा र अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ८३ वटा गरी २३२ वटा अनियमितताको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा परेको जानकारी गराइएको थियो । जिल्लाको वीरगञ्ज महानगरपालिकाको मात्रै यस आर्थिक वर्षको ५८ अघिल्लोको ३४ वटा गरी सर्वाधिक ९२ वटा र पटेर्वा सुगौली गाउँपालिकामा यस आर्थिक वर्षका कुनै पनि उजुरी नपरेको र अघिल्लो आर्थिक वर्षको एक उजुरी रहेको जानकारी गराइएको थियो ।
चालू आर्थिक वर्षको यस अवधिमा २९५ वटा उजुरीसहित रौतहट पहिलो नम्बरमा, १९६ वटा उजुरीसहित बारा दोस्रोे नम्बरमा र १४९ उजुरीसहित पर्सा तेस्रो नम्बरमा र १४८ उजुरीसहित मकवानपुर चौथो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?