निर्वाचन अघि नै लिमीवासीले छानिसके जनप्रतिनिधि
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
आगामी वैशाख ३० गते एकसाथ ७५३ स्थानीय तहले नयाँ जनप्रतिनिधि पाउनेछन्। सरकारले स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ। तर, हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ लिमीवासीले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि नयाँ जनप्रतिनिधि छानिसकेका छन्। ‘ऐन भन्दा खोलाको चैन ठूलो’ भन्ने मान्यता राख्ने लिमीका स्थानीयले जनप्रतिनिधि चयन गरेका हुन्। निर्वाचन अगाडि नै उनीहरुले वडा अध्यक्षसहित तीन सदस्यको टुंगो...