सानो पुलको ठूलो गुन: जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्यो
गोरखापत्र अनलाइन
श्रावण १६, २०७७ शुक्रबार
दाङ–अर्घाखाँची जिल्लााको सिमामा रहेको रङसिङ खोलामा स्टिल टस झोलुङ्गे पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । रङसिङ खोलामा पुल नहुँदा बर्षातको भेलमा ज्यानको बाजि लगाएर खोलातर्नुपर्ने बाध्यता थियो ।
उक्त खोलामा पुल बनेसँगै दाङको गढवा गाउँपालिका वडा नम्बर १ का रङसिङ, कालााटे, धानखोला, जुरेनीलगायतका स्थानीयलाई सहज भएको छ । योसँगै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ९ र १० का लाकुरी, सिस्नेडाँडा,लामीदमार...