पोखरामा ‘छुट्याऔँ फोहोर, बनाऔँ मोहर’ अभियान
गोरखापत्र अनलाइन
श्रावण १६, २०७७ शुक्रबार
पोखरा महानगरपालिकाले फोहोरलाई घर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित नगरभित्र उत्पादन हुने फोहोर लाइ पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा अभियान सञ्चालन गरिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोर ३ प्रकारले...