लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
श्रावण १४, २०७७ बुधबार
उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार
१. उद्योग भन्नाले के बुझिन्छ ? उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार के–के हुन् ? संक्षेपमा लेख्नुहोस् ।
सीप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । उद्योगहरू घरेलु, कुटीर, साना, मझौला तथा ठूलाखालका हुन्छन् । देशलाई आत्मनिर्भर र विकसित बनाउन उद्योगधन्दाको महŒवपूर्ण हात हुन्छ । उद्योगधन्दा मुलुकको आर्थिक विकासका वाहक हुन् ।...