निरन्तरको बाढी र पहिरोले कर्णाली राजमार्गमा सास्ती
गोरखापत्र अनलाइन
श्रावण १८, २०७७ आईतवार
एक सातादेखिको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्गको आवतजावत अझै सुचारु हुन सकेको छैन । निरन्तर रुपमा पहिरो जाने घटनाले यात्रुहरुलाई यात्रा गर्न निकै सास्ती र जोखम भएको छ । आवश्यकीय काम लिएर तल झरेका र जुम्ला फर्किने नागरिकहरु बाटोमै अलपत्र अवस्था रहेका छन् ।
कर्णाली राजमार्गको कालीकोट सडक खण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैंसीगौडा, टिमुरे भिड, खल्लागाड,...