विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गयो, सात गम्भीर
गोरखापत्र अनलाइन
श्रावण १२, २०७७ सोमबार
जाजरकोटको कुशेगाँउपालिका-१, स्याक्रीमा विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ भने सात जना गम्भीर बिरामी परेका छन् । वडा नं १ का वडाअध्यक्ष गोपाल नेपालीका अनुसार जङ्गलबाट टिपेर ल्याएको विषालु च्याउ खाएर बेहोस अवस्थामा रहेकी जनक चलाउनेकी तीन वर्षीया छोरी अन्जना चलाउनेको बाटुले स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।