बैतडीका दश स्थानीय तहमा २३३ जनामा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
असार १५, २०७७ सोमबार
बैतडीका दश स्थानीय तहमा कोरोनाभाइरस ( कोभिड–१९ ) को सङ्क्रमण फैलिएको छ । चार नगरपालिका र छ गाउँपालिकामा २३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । भारतसँग सीमा जोडिएका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकामा सङ्क्रमित हुनेको सङ्ख्या बढी छ ।
स्वास्थ्य कार्यालय, बैतडीका अनुसार, पञ्चेश्वर गाउँपालिकामा ५० जना, शिवनाथ गाउँपालिकामा ४८ जना, दशरथ चन्द नगरपालिकामा ३० जना, दोगडाकेदार गाउँपालिकामा २९ जना,...