जोखिम क्षेत्रमा आपतकालीन खोज, उद्धार, राहत र सचेतनाको तयारी पूरा
गोरखापत्र अनलाइन
असार ११, २०७७ बिहीबार
राप्तीनदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरू बाढी र डुबानको अत्यधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनुपूर्व नै आपतकालीन खोज, उद्धार र सचेतनाको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
राप्तीनदी वरिपरिका क्षेत्रहरूमा बर्सेनि बाढी आउने र डुबान हुने गरेकोले मनसुन पूर्वतयारी योजना, २०७७ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर...