कालीगण्डकीमा फेरि आयो सलह, खेती बालीमा पस्यो
गोरखापत्र अनलाइन
असार १५, २०७७ सोमबार
रुपन्देही र पाल्पामा हुँदै स्याङ्जाको कालीगण्डकीमा देखा परेको सलह आइतबार आएर फर्के पनि सोमबार फेरि सोही ठाउँमा आएको छ । कालीगण्डकी १, २ र ४ का सटुका, खोरबीर, प्युघा, छापडाँडा, बाँस्टारी, गुरुङ्दीमा आइतबार साँझ ठुलो झुण्डमा आएको सलह फर्केर गएपनि सोमबार लाखौँको सङ्ख्यामा आएर खेती बाली खान थालेको हो ।
आइतबार साँझ पाल्पा र गुल्मीबाट तीन झुण्डमा आएको सलहलाई स्थानीयले धुवाँ, मुस्लो थाल, टिन बजाएर सलह धपाएका थिए । आइतबार...