आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु
गोरखापत्र अनलाइन
जेष्ठ १८, २०७७ आईतवार
जिल्ला अस्पताल, बाजुराको आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बूढीगङ्गा नगरपालिका वडा –१ बस्ने दुई वर्षकी बिरामी बालिकाको जिल्ला अस्पतालको आइसोलेसन बेडमै मृत्यु भएको जिल्ला अस्पताल, बाजुराले जनाएको छ । मृतक बालिकालाई आमाबुवाका साथ ८ दिनअघि भारतबाट नेपालमा आउने क्रममा नै उच्च ज्वरो, स्वासप्रश्वासमा कठिनाइ, झाडापखाला, बान्ता हुने र पेट दुख्ने समस्या भएकाे बताइएकाे छ ।