गाउँपालिका अध्यक्षले सङ्क्रमित भएको घोषणा आफैँ गर्नुभयाे
गोरखापत्र अनलाइन
जेष्ठ १३, २०७७ मंगलवार
धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराउनुभएको छ ।
धुर्काेट गाउँपालिकाको छिमेकी गाउँमा समेत कोरोना सङ्क्रमण देखिएपछि धुर्काेट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफ्नो कोरोना पोजेटिभ देखिएको र आफू...